
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको खेलकुद विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले खेलकुद क्षेत्रलाई काँग्रेसले अझ अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्ने बताउनु भयो । उहाँले स्वस्थ शरीर आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘खेलकुद क्षेत्र राष्ट्रकै लागि महत्वपूर्ण छ । यसलाई हाम्रो पार्टीले अझ अगाडि बढाउनेछ । स्वस्थ शरीरले मात्रै स्वस्थ मन र मानसिकता तयार पार्दछ । त्यसैले स्वस्थ शरीर आवश्यक छ । स्वस्थ रहनका लागि खेलकुदको आवश्यक छ । खेलकुदले स्वस्थ राख्नुका साथै दिमाग र मानसिकता ताजा बनाइरहन्छ । यस्ता कार्यक्रमहरुले खेलाडीहरुको मनोबल बढाउँछ, खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिनेछ ।’
सभापति देउवाले खेलकुद क्षेत्रको विचार विमर्शले आगमी दिनमा खेल क्षेत्रको नीति नियम बनाउन मद्दत पुग्ने जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच