
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमाको दायरा पाँच लाख पुर्याए पनि ठूला रोगको उपचारमा विकल्प खोज्नुपर्ने अवस्था रहेको बताउनुभएको छ ।
बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले स्टोकलगायत ठूला रोगको औषधि महँगो हुने भन्दै उपचारमा बीमा बाहेकको विकल्प खोज्नुपर्ने बताउनुभएको हो । उहाँले ठूला रोगको उपचार समयमा पाउन नसक्दा बिरामीको अङ्गभङ्ग वा मृत्यु समेत हुनसक्ने बताउनु भयो । उहाँले समयमा उपचार पाउन नसकेर मृत्यु भएको मृतकका परिवार थुप्रै समस्या लिएर मन्त्रालयमा आउने गरेको बताउनु भयो ।
राज्यले स्वास्थ्य सेवाका लागि उपयुक्त विधि र स्रोतको व्यवस्था नगरेकाले स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न कठिन भएको बताउनुभयो । नेपाली जनतालाई स्वास्थ्य सुविधा दिन बीमा नै एक मात्र विकल्प भएकाले बीमालाई व्यवस्थित गर्न आफूले काम गरी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘बीमा बाहेक नेपाली जनतालाई स्वास्थ्य सुविधा दिने अर्को कुनै उपाय छैन । बीमा बाहेक स्वास्थ्यमा समाजवाद ल्याउने अर्को कुनै उपाय छैन । बीमा बाहेक संवैधानिक व्यवस्था जे हो आम नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने बीमा बाहेक संवैधानिक व्यवस्थालाई लागु गर्ने अर्को कुनै उयाय छैन । अहिले हामीसँग स्टोक भएको बिरामी समयमा उपचार पायो भने निको हुन्छ नत्र उसलाई प्यारालाइसिस हुन्छ, मृत्यु वरण गर्नुपर्ने हुन्छ । अनि कोही स्टोकको उपचार गर्दा घरबार सम्पत्ति सबै गयो त्यसपछि परिवारको अर्को सदस्य मन्त्रालयमा आउनु हुन्छ हाम्रो त सम्पूर्ण गुम्यो, बाँकी केही रहेन । अब हामी कसरी गुजारा गर्ने रु यस्ता थुप्रै समस्याहरु छन् । त्यसैले अब मन्त्री नै भएको कारणले न साधन स्रोतले भ्याउँछ, न देश अनुसारको विधि व्यवस्था गरिएको छ । अब मैले जादुको छडीले सबै समस्याको समाधान गर्न सक्ने स्थिति त हुँदैन त्यसैले यी सबै समस्या हल गरौँ भन्ने उद्देश्यका लागि बीमालाई व्यवस्थित गर्न खोजिएको हो । बीमा व्यवस्थापनको प्रक्रियामा हामीले काम गरी रहेको अवस्था छ । बीमा ५ लाखै पुगेपछि पनि स्टोक जस्तो समस्याको उपचार गर्न सजिलो हुँदैन किनभने यसको औषधि एकदमै महँगो छ । त्यसकारण यसका कुनै न कुनै ढंगबाट विकल्प खोजिनु पर्छ ।’
कार्यक्रममा मष्तिष्क पक्षघातको उपचारका लागि अमेरिकी सहयोगमा औषधि प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त औषधि मष्तिष्क पक्षघात भएको बिरामीलाई चार घण्टाभित्र इन्जेक्सनमार्फत् प्रयाग गर्नसके बिरामीको ज्यान जाने खतराबाट बचाउन सकिने मन्त्रालयको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच