भोजपुर । लघुबित्तको क्षेत्रमा काम गर्दे आई रहेको संस्था जीवन विकास लघुबित्त बित्तीय संस्था लिमिटेडको भोजपुर शाखाले बिहिवार बिभिन्न बिधाहरुमा उत्कृष्ट हुनेहरुलाई सम्मान गरेको छ ।
केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रममा शिवालय जीवन बिकास केन्द्र नम्वर एकका युवा कुमारी प्रधान, नव बुद्ध जीवन बिकास केन्द्र नम्वर ४६ का अनुसा तामाङ र बाक्टुवा जीवन विकास केन्द्र नम्वर ७७ का तारादेवी राईलाई सम्मान पत्रसहित उत्कृष्ट बचत पुरस्कारबाट सम्मान गरिएको हो । यस्तै उत्कृष्ट एटिएम पुरस्कारबाट भुमिका जीवन विकास केन्द्र नम्वर ५७ का शान्ता कुमारी राई, उत्कृष्ट ऋणी पुस्कारबाट जाल्पादेवी जीवन विकास केन्द्र नम्वर ६२ का सृजना तामाङ, हेमखामा जीवन विकास केन्द्र नम्वर ३९ का निर्मला देवी राई र यायोक्खा जीवन विकास केन्द्र नम्वर ३० का रञ्जना राईलाई सम्मानपत्रबाट सम्मान गरिएको शाखा प्रमुख खगेन्द्र चौलागाईले जानकारी दिनुभयो ।
सोक्रममा शिवालय जीवन विकास केन्द्र नम्वर एकका सुशीला श्रेष्ठलाई उत्कृष्ट उद्यमी पुस्कार प्रदान गरिएको छ भने रामप्रसाद राई गाउँपालिकाको हाङचेवा जीवन बिकास केन्द्रलाई प्रथम, टेम्केमैयुङ गाउँपालिकामा रहेको चखेवा जीवन बिकास केन्द्रलाइ दोश्रो, रामप्रसाद राई गाउँपालिकाको बुङवा बारा जीवन बिकास केन्द्रलाई तेश्रो र रामप्रसाद राई गाउँपालिकाको ओमशान्ति जीवन बिकास केन्द्र, टेम्केमैयुङ गाउँपालिकाको चामलिङ जीवन विकास केन्द्रलाई सान्त्वना उत्कृष्ट केन्द्र सम्मान गरिएको छ ।
शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्धेश्यले आवद्ध सदस्यहरुका बालबालिकाहरुलाई झोला सहितको शैक्षिक सामाग्री समेत प्रदान गरिएको छ । उनीहरुलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले ती सामाग्री प्रदान गर्नुभयो ।
भोजपुर नगरपालिका, टेम्कैमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका र पौवादुङमा गाउँपालिका कार्य क्षेत्र रहेको जीवन बिकास लघुबित्तको भोजपुर शाखा मातहत ७१ वटा केन्द्र छन । जसमा कुल सदस्य नौ सय ८३ जना र कुल ऋणी चार सय ४५ जना रहेको शाखा प्रमुख चौलागाईले जानकारी दिनुभयो । पाँच करोड ३३ लाख ५८ हजार चार सय २९ रुपैया ऋण परिचालन गरिएको छ भने दुई करोड १८ लाख ९४ हजार एक सय १९ रुपैया कुल बचत रहेको शाखाले जनाएको छ ।
जीवन विकासको बिकासक्रम, लक्ष्य, उद्धेश्य र कृयाकलापहरुको बारेमा कोशी प्रदेश बिभागीय प्रमुख साबित्री देवी श्रेष्ठले कार्यक्रममा जानकारी गराउनु भएको थियो । संस्थाले बचत तथा ऋण परिचालनको बाहेक सामाजिक, आर्थिक, शैक्षिक र बित्तीय व्यवस्थापनको कार्यक्रम समेत संचालन गर्दे आई रहेको बिभागीय प्रमुख सुदिप कुमार मण्डलले बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख कैलाश कुमार आले, वडा नम्वर सातका वडाध्यक्ष जय कुमार तामाङ, समुद सदस्य शान्ता राई, बिभागीय प्रमुख मण्डल लगायतले बिभिन्न क्रियाकलाप सहित जीवन बिकासले उद्यमशीलता लगायतको क्षेत्रमा खेलेको भुमिका पनि प्रभावकारी रहेको धारणा राख्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच