
अर्घाखाँची । नेपालमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै सशस्त्र द्वन्द्वको अन्त्य गराई शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवस विभिन्न अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
यसै अवसरमा गिरिजाप्रसाद कोइराला फाउन्डेसन, जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा बिपी स्मृति भवन, सन्धिखर्क १, अर्घाखाँचीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला तथा प्रदेशस्तरीय नेताहरू, भातृ सङ्घ,शुभेच्छुक सङ्घको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा फाउन्डेसनका अर्घाखाँची अध्यक्ष लिलाधर बस्यालको सभापतित्व रहेको थियो भने नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठ प्रमुख अतिथि रहेका थिए। नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति कमलप्रसाद भुसाल विशिष्ट अतिथि रहनुभएको थियो भने नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारीको समेत उपस्थिति थियो।
कार्यक्रममा नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सचिव कृष्णप्रसाद खनाल, जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री, महासमिति सदस्यहरू पिताम्बर खनाल र मणिराम परियार, महाधिवेशन प्रतिनिधि लक्ष्मी श्रेष्ठ, तथा कांग्रेसका नेताहरू हुमप्रसाद बन्जाडे, डिलाराम भुसाल, नारायण खड्कालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सभापति केशव श्रेष्ठले गिरिजाप्रसाद कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र समावेशी राजनीतिको विकासमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'गिरिजाबाबुले देखाएको बाटो नै अहिलेको लोकतान्त्रिक नेपालको आधार हो। उहाँले शान्ति प्रक्रियादेखि गणतन्त्र स्थापनासम्म पुर्याउन गरेको संघर्ष नेपाली राजनीतिमा सधैं स्मरणीय रहनेछ।' साथै, उहाँले गिरिजाप्रसाद कोइरालाको सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढ्न कांग्रेस कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै कोइरालाको स्मृतिमा श्रद्धाञ्जली अर्पण गरेका थिए। ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच