टाटाको इभी लर्निङ सेन्टर अवलोकन

Read Time = 2 mins

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘इभी लर्निङ सेन्टर’ र ब्याट्री मर्मत केन्द्रको भ्रमण कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा सञ्चारकर्मीलाई थापाथलीस्थित टाटाको शोरुमबाट टाटा ब्राण्डका विद्युतीय गाडी (इभी) प्रयोग गरी क्रमशः नैकाप एवं बागडोल पुर्‍याइएको थियो भने नैकापस्थित सिप्रदीको इभी लर्निङ सेन्टरमा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी गराइएको थियो ।

नेपाली अटोमोबाइल बजारमा इभी ब्याट्री बिग्रिएमा मर्मत गर्न अत्यन्त खर्चिलो र झन्झटिलो हुने भ्रम रहेकाले भ्रम चिर्न कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । भ्रमण कार्यक्रममा सहभागीलाई बागडोलस्थित टाटाको सर्भिस सेन्टर अवलोकन गराइएको थियो । टाटामात्र नभई नेपालको समग्र विद्युतीय गाडीको बजार अभिवृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
फोटो छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?