
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल)मा यस पटक पनि १० टोली सहभागी हुँदैछन् । शनिबारदेखि सुरु हुने आइपिएलमा पाँच टिमले नयाँ कप्तान पाएका छन् । यसपटक पञ्जाब किङ्सले श्रेयस एयरलाई कप्तान बनाएको छ । उहाँले पछिल्लो पटक कोलकत्ता नाइट राइडर्सबाट लिग खेल्नुभएको थियो । यसपटक मेगा अक्सनमा श्रेयस कीर्तिमानी मूल्यमा पञ्जाब पुग्नुभएको हो ।
कप्तान फेर्ने अर्को क्लब हो, कोलकत्ता । उसले अजिन्या रहानेलाई कप्तान नियुक्त गरेको छ । दिल्ली क्यापिटल्सले अक्षर पटेललाई कप्तान बनाएको छ । ऋषभ पन्तलाई छाडेपछि क्लबले नयाँ कप्तान खोजेको हो । अक्षरले पहिलो पटक आइपिएलमा कप्तानी गर्दै हुनुहुन्छ ।
रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले रजत पटिदारलाई कप्तान बनाएको छ । उहाँले स्टार खेलाडी विराट कोहली, लिआम लिभिङ्स्टोन, जेस हैजलवुडजस्ता खेलाडीको कप्तानी गर्नुहुनेछ । पटिदारको नेतृत्वमा आरसिबी पहिलो पटक उपाधि उचाल्ने लक्ष्यमा छ । लखनउ सुपर जायन्ट्सले कप्तानमा ऋषभ पन्तलाई नियुक्त गरेको छ । कीर्तिमानी २७ करोड मूल्यमा लखनउले दिल्लीबाट पन्तलाई अनुबन्ध गरेको हो । आइपिएलको उद्घाटन खेलमा कोलकत्ताले आरसिबीको सामना गर्दैछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच