
झापा । दमक क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष भुपेन्द्र बस्नेत (भुवन) लाई कृषिमन्त्री रामनाथ अधिकारी सम्मान गर्नु भएको छ । इलाम पुगेर फर्कने क्रममा मन्त्री अधिकारीले अविर खादा पहिर्याएर अध्यक्ष बस्नेत लगायतलाई सम्मान गर्नुभएको हो ।
शिवसताक्षी नगरपालिका ६ को चन्द्रडाँगी बिऊ विजन केन्द्र (चन्द्रडाँगी कृषि फर्म ) मा आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष बस्नेत लगायतको टिमलाई सम्मान गर्नुभएको हो । प्रमुख विनोद मण्डलले कृषि फर्मका बारेका जानकारी गराएको कार्यक्रम आधाघण्टामा सकाएर मन्त्री अधिकारी सम्मान कार्यक्रममा बन्नुभएको हो । लगत्तै मन्त्री अधिकारी सुनसरीको तरहरा लाग्नु भएको छ ।
धादिङ- २ प्रतिनिधिसभा सदस्य रहनु भएको अधिकारी कांग्रेसको तर्फबाट सरकारमा कृषिमन्त्री हुनुहुन्छ । मन्त्री अधिकारीले कृषि फर्म अवलोकन कार्यक्रम छोट्याएर बस्नेतलाई सम्मान गर्नुभएको हो ।
मन्त्री अधिकारीसँगै कांग्रेस झापा सभापति देउकुमार थेवे, सहासचिव कमल भण्डारीले अध्यक्ष बस्नेतलाई सम्मान गर्नुभएको हो । बस्नेतलाई झापा कांग्रेसले नेविसंघ नेताको रूपमा स्वीकार गरेको छ । पार्टी जिल्ला सभापति थेवे र सहसचिव भण्डारीले बस्नेतलाई सम्मान गर्नुले त्यसलाई थप पुष्टि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच