
सर्लाही । सर्लाही हरिपुुर ७ पंचगछियाका स्वर्गीय शिव नारायण पंजीयारका जेठा छोरा गोविन्द पंजीयार करिब २० वर्षअघि घर छोडी भारत गएका थिए। उनी लामो समयसम्म घर फर्किएनन्, जसका कारण उनका परिवारजनले उनको अवस्थाबारे कुनै जानकारी पाउन सकेनन् ।
यसै बीच, उनका पिता शिव नारायण पंजीयारको निधन भयो। तर, यो खबर गोविन्दसम्म पुग्न सकेन, न त उनले बाबुको काजक्रिया नै गर्न पाए। परिवारका अन्य सदस्यहरूले काजक्रिया सम्पन्न गरेका थिए, जुन गोविन्द घर फर्केपछि मात्र उनलाई जानकारी भयो ।
सानै उमेरमा घर छाडेका गोविन्द भारत पुगेका थिए। साथीहरूको लहैलहैमा भारत गएका उनले हिमाचल प्रदेशमा यातायात क्षेत्रमा काम गर्न थाले। सुरुमा सहचालकको रूपमा काम गरेपछि, उनले चालकको रूपमा आफ्नो परिचय बनाए। भारतमै विवाह गरी बसिरहेका गोविन्दलाई अन्ततः घर फर्कने इच्छा जाग्यो र भैरहवा नाका हुँदै उनी घर आइपुगेका हुन्।
भारतमा रहँदा उनले आधार कार्ड तथा सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाए। तर, आधार कार्ड बनाउने क्रममा उनले आफ्नो नाम र थर परिवर्तन गरी ‘राकेश खत्री’ राखेका थिए। उनका अनुसार, साथीहरूले नाम परिवर्तन गर्न सुझाएका थिए, र आफुुले नयाँ नाम राखेको बताउनु भयो ।
भारतमा रहँदा गोविन्दको भेट रुकुमकी एक नेपाली केटीसँग भएको थियो। खेतबारीमा मजदुरको रूपमा काम गरिरहेकै बेला उनीहरूबीच प्रेम बस्यो र विवाह बन्धनमा बाँधिए। अहिले उनीहरूकी छ वर्षीया छोरीसमेत छिन्।
घर फर्किंदा ५५ वर्षीया आमा आसा चन्दरको आँखामा खुसीका आँसु देखिन्थे। छोरो एकदिन घर फर्किएला भन्ने आशामा उनले विगत तीन वर्षदेखि सन्तोषी माताको व्रत गरिरहेकी थिइन्। शुक्रबारै छोराको आगमनले उनले भगवानले आफ्नो मनोकामना पूरा गरेको बताइन्। “छोरो आउला भनेर धेरै कुरेँ। छोराको सहारामा बाँच्ने आशा छ ।" आमाले भनिन्।
गोविन्द गाउँकै अन्य तीन जनासँगै भागेका थिए, तर अरू समयमै घर फर्किएर आए तर छोरो नआउँदा मन धेरै रुन्थ्यो, तर आज घर फर्किंदा सपनाजस्तो लागेको आमा आसा चन्दरले बताइन्। सानो उमेरमा घर छाडेर गएका गोविन्द अहिले घरमा आउदा उनको घरमा उनलाई भेटन आउने आफन्त तथा छर छिमेको घुईचो दोखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच