
भोजपुर । पहाडी जिल्ला भोजपुरमा चैत्र सात गतेबाट सुरु दोश्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता अन्तर्गत शनिवार सेमिफाइनल खेल संचालन हुनेछ । शुक्रवारको प्रतिस्पर्धा सकिएसँगै शनिवार हुने सेमिफाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र भोजपुरका तीन पालिका प्रवेश गरेका छन् ।
सेमिफाइनल अन्तर्गतको पहिलो खेल षडानन्द नगरपालिका भोजपुर र कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका बीच हुने आयोजक जिल्ला भलिवल संघका महासचिव संग्राम किराँतीले जानकारी दिनुभयो । यस्तै दोश्रो खेल भोजपुर नगरपालिका र रामप्रसाद राई गाउँपालिका बीच हुने छ ।
सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा संचालन भई रहेको प्रतियोगितामा नेपाली सेनाको भोजपुरमा रहेको श्रीनयाँ श्रीनाथ गण, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, अरुण गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका र रामप्रसाद राई गाउँपालिका गरी सात टिमको सहभागिता थियो ।
भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा बिजेता टिमलाई नगद एक लाख २० हजार र उपबिजेतालाई नगद ६० हजार प्रदान गरिने छ । यस्तै सेमी फाइनललिष्टलाई नगद ३० हजार, सर्वोकृष्ठ खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ठ स्पाइकर, उत्कृष्ठ ब्लकर, उत्कृष्ठ सेटर, उत्कृष्ठ सर्भरलाई पनि नगद चार प्रदान गरिने छ भने सहभागी टिमहरुलाई पनि १० हजार दिईने महासचिव किराँतीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच