
काठमाडौं । नेपाली काँग्रेसका नेता डा मिनेन्द्रराज रिजालले नेपाली काँग्रेस विचारमा विविधतासहितको पार्टी भएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस आमनागरिकको विचार र चेतना बोकेको पार्टी भएको बताउनु भयो ।
उहाँले काँग्रेसले हरेक विचार बोकेका व्यक्तिहरुलाई समेटेर लैजानसक्ने पार्टी भएको दाबी गर्नुभयो । उहाँले पार्टीले विभिन्न विचार र समूहका चेतना बोक्ने भएकाले आमनागरिकले काँग्रेसलाई मेरो पार्टी हो भनेर गर्व गर्नसक्ने अवस्था रहेको जिकिर गर्नुभयो । विश्वका पुराना लोकतान्त्रिक दलहरुमा सबैलाई समेट्न सक्ने क्षमता हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस आमनागरिकको पार्टी हो । आमनागरिकको पार्टी भनेको आमनारिकमा जे चेतना छ पार्टीमा पनि त्यही चेतना गर्ने पार्टी हो । आमनागरिक एकातिर हुने र पार्टी एकातिर हुने त्यो चेतनाको पार्टी नेपाली काँग्रेस होइन । आमनागरिकको पार्टी मात्रै होइन नेपाली कांग्रेस असाध्यै फराकिलो छाताको पार्टी हो । नेपाली काँग्रेसलाई मेरो पार्टी हो भनेर भन्ने मान्छेहरुका बीचका पनि असाध्यै ठुलो विचारमा विविधता भएको पार्टी हो । दुनियाँका पुराना र लोकतान्त्रिक पार्टीहरुमा त्यो खालको चरित्र रहन्छ ।’
नेता रिजालले काँग्रेस र एमालेको वर्तमान सरकारले आगोको पर्खाल निर्माण गरी निषेधको राजनीति गरेको आरोप लगाउनु भयो । सरकारले सुशासनमार्फत जनताका निराशा सम्बोधन गरी विश्वासको आधारमा दलहरुसँग संवाद गरेर संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच