
काठमाडौँ। आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट प्रतियोगिता छनोटको तयारीमा नेपालले भारतको प्रान्तीय टिम दिल्लीसँग अभ्यास खेल खेल्ने भएको छ ।
नेपालमा आयोजना हुने उक्त अभ्यास खेलमा तीन खेलको शृङ्खला खेलिने नेपाल क्रिकेट सङ्घ -क्यान_का प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार शृङ्खला यही चैत १२ देखि १६ गतेसम्म वीरगन्जस्थित नारायणी क्रिकेट रङ्गशालमा हुनेछ ।
पहिलो खेल चैत १२ गते हुने छभने दोस्रो खेल चैत १४ गते हुनेछ । त्यस्तै तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ । यु–१९ विश्वकप एसिया छनोट यही चैत ३० गतेदेखि काठमाडौँमा हुने तय भएको प्रवक्ता लामाले बताउनुभयो । उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच