रामप्रसाद खनालको ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बहुप्रतिभाशाली कलाकार रामप्रसाद खनालको नयाँ लोकदोहोरी गीत ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक भएको छ । अमेरिकास्थित इन्टरनेशनल मिडिया एण्ड इन्टरटेनमेन्ट हाउस यूएसको प्रस्तुति रहेको यस गीतमा रामप्रसाद खनाल र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ ।

गीतमा खनालकै शब्द, रचना रहेको छ भने संगीत तथा एरेन्ज कमल सौरागले गर्नुभएको छ । गीतको मिक्सिङ श्याम स्वेत रसाइलीले गर्नुभएको हो भने रेकर्डिङ मालश्री स्टुडियोमा गोविन्द पराजुली र सागर बजुराली को सहकार्यमा गरिएको हो ।

यो गीतको विशेष आकर्षण भनेको यसमा देख्न सकिने ख्यातिप्राप्त कलाकार दीपाश्री निरौला र गजित विष्टको मनमोहक अभिनय हो । भिडियोमा उहाँहरूका साथमा रामप्रसाद खनाल आफैं र अन्य कलाकारको समेत अभिनय रहेको छ । १६ मिनेट लामो म्युजिक भिडियो ‘पानी लिन जान्दा खेरी’ को भिडियो सुरेन्द्र बसेलको निर्देशनमा निर्माण गरिएको हो । जसमा रमाइलो कथा तथा जीवन्त अभिनय हेर्न सकिन्छ । भिडियोको पोष्ट–प्रोडक्सन नोभिकले गरेको छ ।

गीतको लय, शब्द, संगीत र भिडियो सम्पादनको मेल दर्शक-श्रोताले रुचाउने अनुमान गरिएको छ । पाँच हप्ताको नेपाल बसाइमा खनालले यसपटक तीनवटा गीत रेकर्ड, छायांकन गर्नुभएको छ । त्यसमध्ये पहिलो गीत ‘पानी लिन जाँदा खेरी’ रिलिज भएको हो । काठमाडौंबाट अमेरिका जाने क्रममा कतार एयरवेजको जहाजमा उडान भरिरहेका बेला खनालले त्यहीबाटै संसार भर एक साथ युट्युबमार्फत रिलिज गर्नुभएको हो ।

नेपाली लोक गीत तथा दोहोरी गीतको क्षेत्रमा सबैले जाने मानेका खनाल आफैंमा सिद्धहस्त गीतकार, संगीतकार, गायक, साहित्यकार, कलाकार र पत्रकार पनि हुनुहुन्छ । उहाँले हालसम्म एक हजार दुई सयभन्दा बढी गीत गाइसक्नुभएको छ । लोक गीत, आधुनिक गीत, दोहोरी गीत, धार्मिक भजन कीर्तनदेखि हिन्दी गीतसमेत गाउनुभएका खनाल रेडियो नेपाल, नेपाल टेलिभिजन, छापा पत्रकारितादेखि अनलाइन पत्रकारितासम्म पनि उत्तिकै स्थापित र चलेका व्यक्ति हुनुहुन्छ । उहाँ नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक, सञ्चालकदेखि टेलिभिजनको बोर्डकै सञ्चालक भएर पनि टेलिभिजन हाँकेका व्यक्ति हुनुहुन्छ । हाल सपरिवार अमेरिकामा बस्दै आउनुभएका खनाल हरेक वर्ष नेपाल आउनुहुन्छ र यस्तै सांगीतिक खुराकहरू पस्केर फर्किनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?