
-सराेज निराैला
उदयपुर । उदयपुरका दर्जनौँ सामुदायिक वनमा डढेलो लागेको छ । फागुन पहिलो सातादेखि छिटफुट लाग्न थालेको डढेलो अहिलेसम्म करिब ३ हजार हेक्टरमा फैलिइसकेकाे छ । त्रियुगानगरपालिका भित्रका धेरै वटा सामुदायिक वनहरुमा ढडेलो लागेको छ। त्रियुगानगरपालिका ११ को चप्पन महिला समूहमा गत साता डढेलो लाग्दा १५ हेक्टर वन नष्ट भएको छ ।
त्रियुगाकै ६ नं वडाका राजदेवी सामुदायिक वन जलजले, जलजलेकै चुरियामाई, ६ नं कै लालपत्ता र गणेश सामुदायिक वन समूहमापनि डढेलो लागेकोमा निभाई सकिएको छ । बेलका नगरपालिका-८ को हात्तीसार सामुदायिक वन समूहमा पनि केहीदिन अघि डढेलो लागेर क्षति पुगेको छ । आसपासका २/३ वटा समूहलाई पनि डढेलोले लागेको खबर आएको गाईघाट डिभिजनका डिएफओ राम भगत यादवले बताउनुभयाे । तर अहिलेसम्म लगातार डढेलो लाग्न भने नदिएको उहाँको भनाइ छ । डढेलो लागेको थाहा पाउने बित्तिकै वन रक्षक, समूह र स्थानीयतहसँग समन्वय गरेर टोली खटाई निभाइ हाल्ने गरेको उहाँले बताउनुभयाे ।
यता चौडण्डीगढीका कुनै पनि समूहमा अहिलेसम्म डढेलो लागेको छैन । कटारी डिभिजनमा अहिलेसम्म २ हजार हेक्टर बढी वन क्षेत्रमा आगो लागेको छ । वनअधिकृत अनिरुद्र साहकाअनुसार कटारीको मैनाजोर, सुगाजोर, बालुवाटार र सृङ्गार सामुदायिक वन क्षेत्रमा लागेको आगो भने नियन्त्रणमा आएको छ । काली खाडी, सरस्वती र सङ्गमलगायतवन समुदायमा लागेको डढेलो नियन्त्रणको काम भईरहेको उहाँको भनाइ छ ।
डिभिजनका योजना अधिकृत हिरालाल शर्माले जताततै डढेलो लाग्नाले सामुदायिक र राष्ट्रिय वन नष्ट भईरहेको बताउनुभयाे । उहाँकाअनुसार सामुदायिक वनले चर्चेको ३१ हजार हेक्टरसमेत गरि ७४ हजार १ सय १६ हेक्टर वनक्षेत्र रहेको कटारी डिभिजनमा अहिलेसम्म २ हजार हेक्टर बढी वन सखाप भईसकेको छ । आगो नियन्त्रणमा वन कर्मचारीदेखि समूह, सेना, सशस्त्र र जनपथ प्ररहरीसँग मिलेर निभाउने काम भइरहेको शर्माले बताउनुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच