
काठमाडौं । सञ्चारकर्मी, गीतकार तथा कवि राधिका अधिकारीको नयाँ गीत ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक भएको छ । तारा अधिकारीको स्वर, दीपक शर्माको संगीत, संविन सुवेदीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बिन्ध्यवासिनी म्युजिकबाट बजारमा आएको गीतको भिडियोमा स्मारिका ढकाल र सागर खनालको अभिनय छ । गीतमा ढकाल र खनालको प्रेमिल जोडी खुलेको छ । प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा भूपेन्द्र थापामगरको छायांकन र माधव बेल्वासेको दृष्य सम्पादन छ ।
२०७२ सालमा एकल एल्बम ‘किनारा’मार्फत सांगीतिक बजारमा आएकी अधिकारीका दर्जन बढी गीत सार्वजनिक भएका छन् । लेखनमा सामाजिक मुद्दा उठाउन गर्ने अधिकारी गीतमा पनि जीवन, मानवीय संवेदना र समाजप्रति उत्तरदायी देखिनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच