
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले दुईवटा डिटिजल सेवा ल्याएको छ । कम्पनीले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रमबीच सूर्यज्योति केयर्स कार्ड र इ-कर्जा सेवा ल्याएको हो । उल्लेखित दुवै नयाँ योजनाको नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले शुभारम्भ गर्नुभयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीका अनुसार बीमित र अभिकर्ताका लागि उल्लेखित सेवा ल्याइएको हो र दुवै सुविधा निःशुल्क उपयोग गर्न सकिन्छ ।
सूर्यज्योति केयर्स कार्डमार्फत् बीमित तथा अभिकर्ताले विभिन्न होटल, रेस्टुरा, मल, फिटनेस, अस्पतालका सेवा तथा हवाई र सिनेमा टिकट खरिदमा आकर्षक छुट पाउनेछन् । हाल कम्पनीले देशभर विभिन्न ४२ सेवाप्रदायकसँग मर्चेन्ट सम्झौता गरेको छ । ती सेवाप्रदायकमा गएर बीमित, अभिकर्ता र कर्मचारीले क्युआरमार्फत् यो सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । उक्त सुविधा उपयोग गर्न बीमितको न्यूनतम पाँच लाखको बीमांकको बीमालेख हुनुपर्ने, बीमालेख सक्रिय तथा नवीकरण हुनुपर्ने, अभिकर्ताका लागि सेल्फ कोर्ड छ लाख र टिम बिजनेसमा ३० लाख रुपैयाँ व्यापार गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यसैगरी इ-कर्जाका लागि कम्पनीले रियल टाइममै बीमितलाई कर्जा उपलब्ध गराउनेछ । इ-कर्जा सुविधा उपयोग गर्न तीन वर्ष पूरा भई तीन वर्षको बीमाशुल्क तिरेको हुनुपर्ने, सरेन्डर भ्यालुको ९० प्रतिशत वा अधिकृतम ५० हजार रुपैयाँसम्म कर्जा पाइने, केवाइसी अपडेट हुनुपर्ने, कम्पनीले निर्धारण गरेको ब्याजदर लागू हुने, इ-कर्जामा बीमालेख धितो राख्न सहमत भएको मानिने र सेवाशुल्कबापत ५० रुपैयाँ लाग्नेछ । सूर्यज्योति लाइफ ३५ वटा घातक रोगको उपचार सुविधा जीवन बीमा क्षेत्रमा पहिलो कम्पनी हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच