
काठमाडौं । यस वर्षका लागि अन्तिम दुई चलचित्र आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन् । आजदेखि सिनमाघरमा आएका चलचित्र हुन् कृषा चौलागाईं निर्देशित ‘पीताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ । नयाँ वर्ष २०८२को छेको पारेर यी चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी चलचित्रको बुकिङ खुलाएका थिए । दुवै चलचित्रलाई सिनेमाहलले सन्तोषजनक सो दिएका छन् । संयोग दुइटै चलचित्र एक्सन जनरामा बनेका छन् । यी चलचित्रले दर्शकको मन जित्नेमा निर्माण टिमको विश्वास छ ।
यस वर्षका लागि अन्तिम दुई चलचित्र आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएका छन् । आजदेखि सिनमाघरमा आएका चलचित्र हुन् कृषा चौलागाईं निर्देशित ‘पीताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ । नयाँ वर्ष २०८२ को छेको पारेर यी चलचित्र शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगलहलहरूले बुधबारदेखि नै यी चलचित्रको बुकिङ खुलाएका थिए । दुवै चलचित्रलाई सिनेमाहलले सन्तोषजनक सो दिएका छन् । संयोग दुइटै चलचित्र एक्सन जनरामा बनेका छन् । एक्सन जनरामा बनेका यी दुवै चलचित्रले वर्षको अन्त्य सुखद् गराउने अपेक्षा गरिएको छ । किनकि, दुवै चलचित्रमा बलियो ‘स्टारकाष्ट’ छ । र, प्रचार सामग्रीले हाइप पनि राम्रो बनेको छ ।
अभिनेता विपिन कार्की मुख्य भूमिका रहेको चलचित्र ‘कर्मा’ मा उहाँको एक्सन अवतार छ । उहाँले पहिलोपटक एक्सन जनरामा अभिनय गर्नुभएको हो । चलचित्रमा उहाँसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेतलगायत कलाकारको अभिनय छ । वसन्त लम्सालले लागानी गरेको यो चलचित्र केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको हो ।
‘कर्मा’लाई क्युएफएक्सले उपत्यकामा १९ सो र मोफसलमा १८ गरी ३७ सो दिएको छ । दोस्रो ठूलो मल्टीप्लेक्स आइएनआईले ११ सो, वान सिनेमाजले सात सो, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमा र एफक्युब सिनेमाजले चार-चार सो, बिएसआर मुभिज र विश्वज्योति हलले तीन–तीन सो दिएको छ ।
यस्तै, मल्टि स्टारर चलचित्र ‘पीताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द् झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुसदत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ । विशाल चौलागाई निर्माता रहेको यो चलचित्र केपी फिल्मसको व्यानरमा निर्माण भएको हो ।
‘पिताम्बर’लाई मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले उपत्यकामा २७ र मोफसलमा २५ सोसहित ५२ सो दिएको छ । दोस्रो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना चारवटा हलमा १६ सो, वान सिनेमाजले १२ सो, एफक्युब सिनेमाजले सात सो, बिग मुभिज र रञ्जना सिनेप्लेक्सले ६ सो, बिएसआर मुभिज र सिडिसी सिनेमाजले चार-चार सो र विश्वज्योति हलले तीन दिएको छ ।
त्यस्तै सिनेमाघरमा बलिउड चलचित्र ‘जाट’ पनि प्रदर्शनमा आएको छ । बिहीबारदेखि ‘जाट’ प्रदर्शनमा आएको छ । ‘जाट’ ले १०३ शो पाएको छ । त्यस्तै, दोस्रो हप्तामा पुगेको नेपाली चलचित्र ‘वसन्त’ ले ५५ शो पाएको छ ।
पाँचौं हप्तामा ‘अञ्जिला’
गत फागुन २९ गतेबाट रिलिज भएको मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ पाँचौं हप्ता प्रवेश गरेको छ । यो चलचित्रको लोकप्रियता कायम रहिरहँदा पाँचौं हप्ताको पहिलो दिन करिब ५० शो प्राप्त गरेको छ, जुन रिलिजको पहिलो दिनको भन्दा पचास प्रतिशत मात्र कम हो । नेपाली दर्शकको रोजाइमा परिरहेको ‘अञ्जिला’ यसवर्षको वर्षको उत्कृष्ट पाँच सूचीमा परिसकेको छ ।
चलचित्र विकास बोर्डको तथ्यांक अनुसार यस चलचित्रले सात करोड ५० लाख रूपैयाँ ग्रस कलेक्सन गर्दै यसवर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको टप पाँचमा परेको हो । यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एञ्जिला आफैंले प्रमुख भूमिकामा अभिनय गर्नुभएको छ । एञ्जिला अघिल्लो हप्ता ग्रिसबाट नेपाल आई देशभरका दर्शकलाई प्रत्यक्ष भेटनुभएको थियो ।
उहाँले हाल ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहनुभएको छ । प्रचार सकेर उहाँ पुनः ग्रिस फर्किसक्नुभएको छ । यस चलचित्रमा उहाँको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एञ्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच