
काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्मस् प्रालिले चलचित्र ‘मातृभूमि’ निर्माण गर्ने भएको छ । फिल्ममा कविता राई लिङ्देन निर्माता हुनुहुन्छ । दिनेश लिङ्देनको लेखन तथा निर्देशन रहने चलचित्रमा सञ्जीव थेबे, सोनिया शर्मा, भीमबहादुर मगर, लक्ष्मी योङहाङ, भरत मल्ल, राजकुमार लिङ्देन, सुमन थाम्सुहाङ, केशवराम राई, साङ्मु शेर्पा, रोहित रुम्बा, नरेशकुमार मेन्याङबो, चुङलामु शेर्पा, कुमबहादुर घर्ती, निस्मा जिमी, सूर्य सिम्खडा र शम्भु फोम्बोको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
निर्देशक लिङ्देनले चलचित्रको कथा नेपालका विभिन्न जातजाति, संस्कार, संस्कृतिमा आधारित रहने सुनाउनुभयो । उहाँका अनुसार यो चलचित्रको छायांकन काठमाडौं, नेपालको पूर्वी जिल्ला र केही भाग अमेरिकामा हुनेछ । नरेशकुमार मेन्याङबो प्रस्तुतकर्ता रहेको चलचित्रमा भीमबहादुर मगर कार्यकारी निर्माता र वसन्त थेवे सह-निर्माता हुनुहुन्छ ।
चलचित्रमा पुन्य ओझा र बाबु तामाङको द्वन्द्व, जनक कार्कीको नृत्य, सम्राट कार्कीको छायांकन, दीपक तामाङको मुख्य सहायक निर्देशन र छेदा शेर्पाको प्राविधिक निर्देशन रहनेछ । चलचित्रमा दावा रिन्जिङ शेर्पाको निर्माण व्यवस्थापन, नवराज केसीको अन्तर्राष्ट्रिय व्यवस्थापन रहने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच