काठमाडौं । चलचित्र विकास बोर्डमा आजदेखि पटकथा लेखन र निर्देशन विषयमा तीन दिने कार्यशाला हुनेभएको छ । आजदेखि ५ गतेसम्म भारतीय सिनेमामेकर तथा पूर्वएफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इण्डिया, पुणे)का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा कार्यशाला गर्न लागेको हो । कार्यशालामा सहभागी हुन कुनै शुल्क नलाग्ने बोर्डले जनाएको छ ।
बोर्डको हलमा हुने कार्यशालामा सहभागी हुनका लागि बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा गएर फारम भर्नुपर्नेछ । बोर्डको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत कार्यशाला हुन लागेको हो । यो कार्यशाला सिनेमा लेखन र निर्देशनमा रुचि हुनेहरूका लागि उपलब्धिमूलक रहने विश्वास बोर्डले लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच