‘नेपालका हिमाल एशिया क्षेत्रकै पानी ट्यांकी’

Read Time = 7 mins

✍️ गणेश साह
पूर्वमन्त्री

आज विश्व पानी दिवस । अन्य क्षेत्र जस्तै पानीका स्रोत व्यवस्थापनमा समेत जलवायु परिवर्तनले गम्भीर जोखिम निम्त्याएको छ । जसका कारण कतिपय पानीका स्रोत सुकिसकेका छन् भने कतिपय सुक्दै गएका छन् । एकातिर विश्वव्यापी रूपमा जनसंख्या वृद्धिसँगै पानीको माग बढ्दो छ भने अर्कातिर पानीका स्रोतहरू सुक्दै गएका छन् । जुन आज विश्वव्यापी चिन्ताको विषय बनेको छ ।

पानीविना न जीवन चल्छ, न त जगत नै । त्यसैले पानी संरक्षणमा जोड दिने उद्देश्यका साथ संयुक्त राष्ट्र बैंकले १९९३ देखि विश्व पानी दिवसको घोषणा गरेको हो । तथापि नेपालको सन्दर्भमा भने हरेक वर्षका दिवस औपचारिकतामा मात्रै सीमित रहँदै आएको देखिएको छ । पानी संरक्षणको क्षेत्रमा ठोस उपलब्धि हासिल हुन सकेको छैन । पूर्वमन्त्री गणेश साह जलवायु परिवर्तनको सबैभन्दा बढी असर पानीको क्षेत्रमा देखिएको बताउनुहुन्छ । जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा ध्यान नदिएमा आगामी दिन विश्वमा नै पानी संकट आउन सक्ने उहाँ बताउँनुहुन्छ ।

त्यसैले पनि संयुक्त राष्ट्र संघले यस वर्षको विश्व पानी दिवसको नारा पानीको क्षेत्रमा परिवर्तनको गति बढाउनुपर्ने तय गरेको छ । संयुक्त राष्ट्र संघले १९९३ देखि पानी दिवस मनाउन सुरु गरेको हो । साहका अनुसार हाल विश्वको दुई अर्बभन्दा बढी जनसंख्या खानेपानी र सरसफाइको पहुँचभन्दा बाहिर छन् । उनीहरू स्वच्छ खानेपानीबाट वञ्चित छन् । खानेपानी र सरसफाइ स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छ । पानी खाद्यान्नसँग जोडिएको छ । पानीविना कृषि संभव छैन, खाद्यान्नविना मानव जीवन संभव नै छैन । जलवायु परिवर्तनले जैविक विविधतामा पनि असर परेको छ । एकातिर पानी अभाव, अर्कातिर भएका नदीनाला र पानीका स्रोत दूषित र प्रदूषित छन् । पहाडमात्र नभई तराईको चुरे क्षेत्र अतिक्रमणका कारण तराईमा पनि जलवायु परिवर्तनको जोखिम बढेर गएको छ । विनाशकारी भूकम्पपछि थप पानीका स्रोत प्रभावित छन् ।

सडक विस्तार र शहर विस्तारका क्रममा वातावरणलाई पनि केन्द्रमा राखिएको भए यति धेरै समस्या आउने थिएन । विगत ध्यान नदिएका कारण अहिले शहरी क्षेत्रमा बढी समस्या आएको छ ।

काठमाडौं उपत्याकाभित्रैका नदीनाला समेत स्वच्छ, सफा र व्यवस्थित बनाउन सकिएको छैन । काम सुरु भएको दुई दशकभन्दा बढी भइसक्यो तर समस्या जहाँ थियो त्यहीँ छ । खुला दिशामुक्त क्षेत्र घोषणा गरिए पनि अझै ग्रामीण क्षेत्रका नदीनाला खुला दिशामुक्त हुनसकेका छैनन् । सबै नागरिकमा स्वच्छ खानेपानीको पहुँच पुर्‍याउनुपर्ने सरकारको दायित्व भए पनि सरकारी स्तरमा सञ्चालित खानेपानी योजना पनि २४ प्रतिशत जतिमात्रै आशिंक रूपमा सञ्चालनमा रहेको अवस्था छ । त्यस्तै जलवायु परिवर्तनको असरले पानीजन्य जोखिम बढेको छ । अति वृष्टि, अना वृष्टि, बाढी-पहिरोलगायत समस्या देखिएको छ । अर्को कुरा, वातरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने हुन्छ । सडक विस्तार र शहर विस्तारका क्रममा वातावरणलाई पनि केन्द्रमा राखिएको भए यति धेरै समस्या आउने थिएन । विगत ध्यान नदिएका कारण अहिले शहरी क्षेत्रमा बढी समस्या आएको छ । त्यसैले आगामी दिनमा पर्यावरणमैत्री विकास निर्माणमा जोड दिनुपर्ने हुन्छ ।

हाम्रा सबै नदीनाला भारततिर बगेरजाने भएकाले पानीका स्रोतको उचित व्यवस्थापन, वैज्ञानिक व्यवस्थापनका लागि दुई देशबीच सहकार्य हुुनुपर्छ । पानीको समुचित उपयोग, पानी बाँडफाँड र बाढी नियन्त्रणका लागि नेपालले भारतसँग पानीसम्बन्धी कूटनीतिमा जोड दिनुपर्ने हुन्छ । दुई देशबीचको सीमा क्षेत्रको नेपाली भूमिलाई सधैं डुबानमा पर्न दिनुभएन, यसबारेमा व्यापक छलफल चलाउनुपर्ने आवश्यकता छ ।

त्यसगैरी खानेपानी तथा सरसफाइ क्षेत्रमा र अर्धदक्ष जनशक्ति पनि अभाव छ । पानी क्षेत्रको समग्र उपयोगका लागि एकीकृत जलस्रोत विकास कार्यक्रम तथा रणनीति बनाउनुपर्ने हुन्छ । जसमा खानेपानी तथा सरसफाइ क्षेत्रमा काम गर्ने नेपाली वैज्ञानिक र प्राविधिकलाई जोड्न सकिन्छ । नेपाललाई एसिया क्षेत्रकै खानीको मुख्य स्रोत मानिन्छ । किनभने नेपालका हिमालहरू एसिया रिजनको पानी ट्यांक नै हुन् । त्यसैले हिमाल संरक्षणको विषय विश्वकै चासो र चिन्ताको विषय बन्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?