सिजीको नेटा भी एक्सचेन्ज क्याम्प

Read Time = 2 mins

काठमाडौं । सिजी मोटर्सले नेटा भी एक्सचेञ्ज क्याम्प सुरु गरेको छ । कम्पनीले काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानमा एक्सचेञ्ज सुरु गरेको छ । सो क्याम्प शुक्रबारसम्म सञ्चालन हुने र कुनै पनि ब्राण्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने जनाएको छ ।

पुरानो गाडीको उपयुक्त भ्यालुएसनका साथै शोरुम भ्रमण गर्ने, गाडी टेस्ट ड्राइभ गर्नेलाई रिफ्रेसमेन्टसहित आकर्षक उपहारसमेत रहेको कम्पनीले जनाएको छ ।

नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटिएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा आठ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ भने मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

सिजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा रहेको पनि कम्पनीले जनाएको छ । नेटा भी एकपटकको फुलचार्जमा तीन सय ८० किलोमिटर गुड्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?