पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छु : मन्त्री किराँती

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाउनुभएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

मन्त्री किराँतीले मिस लम्बू २०७९ को उद्घाट गर्दै शनिवार काठमाडौं यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिनुभयो । उहाँले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताउनु भयो । मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘भर्खरैमात्रै पहिचानको आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने पदम लिम्बूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । हिजोमात्रै मैले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छु मन्त्रीपरिषद्को बैठकमा । हाम्रो पूर्वको अहिलेको आन्दोलनको सन्दर्भमा । जसले वीरगति प्राप्त गर्नुभयो, उहाँको परिवारको र आन्दोलनको सन्दर्भमा सरकारले केही बोल्नुपर्छ भनेर राखेपछि प्रधानमन्त्रीले नै केही न केही म बोल्नेछु भन्नुभएको छ । किराँतीहरुको चेलीहरु राम्री मात्रै हुँदैनन्, बहादुर पनि हुन्छन् ।’

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गर्नुभयो । उहाँले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताउनु भयो । यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?