सीताको टोली पराजित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी अनुभवी खेलाडी सीता रानामगर सम्मिलित टोर्नाडोस वुमन्स हङकङमा जारी दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा फाल्कोन्स वुमन्ससँग ४१ रनले पराजित भएको छ । सोमबार दिउँसो भएको खेलमा जितका लागि १५१ रनको लक्ष्य पछ्याएको टोर्नाडोसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०९ रनमात्रै बनाउन सक्यो । टोर्नाडोसकी सुने लुसले ३५ बलमा पाँच चौका र दुई छक्कासहित ४८ रन बनाउनुभयो ।

फाल्कोन्सकी मरिजाने कप्पले तीन ओभरमा चार रन खर्चेर तीन विकेट लिनुभयो । सोर्नारिन टिपोचले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिनुभयो । कैआ अरुणाले तीन ओभरमा १० रन खर्चेर दुई विकेट लिनुभयो ।

त्यसअघि हङकङको काउलुन क्रिकेट क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको फाल्कोन्सले २० ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनाएको थियो ।

फाल्कोन्सकी युवा ब्याटर तिर्थ सतिशले ४० बलमा सात चौका र दुई छक्कासहित ५७ रन बनाउनुभयो । त्यस्तै, मारिको हिल २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रनमा आउट हुनुभयो । टोर्नाडोसकी सुने लुस र विनिफ्रेड दुराईसिंगमले समान दुई-दुई विकेट लिनुभयो ।

सीता टोलीको प्लेइङ ११ मा भए पनि ब्याटिङ र बलिङको अवसर भने पाउनुभयो । फ्रेयर ब्रेकमा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री पनि हुनुहुन्छ । रुविनाले फ्रेयर ब्रेक बर्मी आर्मीबाट खेल्दै हुनुहुन्छ । आर्मीले मंगलबार स्पिरिट वुमन्ससँग खेल्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?