पेरिस । फ्रान्समा आइतबार गएको हिमपहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
दक्षिणपूर्वी फ्रान्सको मोन्ट ब्लाङ्क नजिकै गएको हिम पहिरोमा परी पाँच जनाको मृत्यु भएको फ्रान्सेली समाचार संस्थाहरूले जनाएका छन ।
फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिन ट्वीटरमा लेखेकासमेत छन्, ‘हिम पहिरो गएको सूचना पाउदासाथ विपद् व्यवस्थापन टोलीहरू घटनास्थलमा पठाइएको छ । उनीहरूले अझै काम गरिरहेका छन् ।’
हिम पहिरो गएको स्थानमा उद्धारकार्य जारी राखिएको तर घटनास्थलबाट कसैलाई जीवित उद्धार गर्नसक्ने आशा क्षीण बन्दै गएको जनाईएको छ । समाचार अनुसार हिम पहिरो गएको उक्त स्थानमा एक दर्जन भन्दा बढी व्यक्ति रहेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच