काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । नयाँ वर्षको दिन शुक्रबार र भोलिपल्ट शनिबार सार्वजनिक बिदा भएको हुनाले आइतबार नयाँ भाउ निर्धारण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।
महासंघकाअनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ । आइतबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच