ग्लोबल आइएमईले अत्याधुनिक भवन बनाउने

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको शनिबार बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभएको हो ।

चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै भवन निर्माण सुरु गरिएको जानकारी गराउँदै बैंक भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गरिने बताउनुभयो ।

तीन कठ्ठा १० धुर क्षेत्रफलमा बन्ने भवन ३० हजार छ सय वर्गफुटमा फैलिनेछ । दुई तला अन्डर ग्राउन्ड र पाँच तला माथि रहने गरी भवनको संरचना निर्माण हुनेछ भने भवनको अन्डरग्राउन्डमा पार्किङ हुनेछ । भवन शिलान्यासअघि बैंकले कर्मचारीको सहभागिताका लागि ‘वाकाथन’ आयोजना गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?