बालकथासंग्रह ‘देश सम्झिएर’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कथाकार दिनेश बस्नेतको बालकथासंग्रह ‘देश सम्झिएर’ पोखराबाट सार्वजनिक गरिएको छ । विमोचन कार्यक्रम शृंखला क्लब र हरिहर-भक्ति आमा समूहले आयोजना गरेको थियो ।

स्थानीय जनप्रतिनिधि गंगाबहादुर केसीले कृति विमोचन गर्दै कलाकार र साहित्यकार राष्ट्रका गहना भएको बताउनुभयो । उहाले सर्जकहरूको सिर्जनात्मक क्षमताको सम्मान गरिनुपर्नेमा जोड दिनुभयो ।

कोपिला किताबले प्रकाशन गरेको कृतिमाथि कृष्णप्रसाद बस्ताकोटीले समीक्षात्मक टिप्पणी गर्दै समसामयिक कथाहरू रहेको बताउनुभयो । कार्यक्रममा शृंखला क्लबका अध्यक्ष जीवन अधिकारी, अर्जुनबहादुर क्षेत्री, कथाकार दिनेश बस्नेतलगायत व्यक्तिले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?