युक्रेनको बाँध भंगले ‘रुसको युद्धको क्रुरता’ देखाउँछ : नेटो प्रमुख

Read Time = 1 min

ब्रसेल्स । नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेनको मुख्य बाँधको ‘अपमानजनक’ उल्लंघन (आक्रमण) भएकामा निन्दा गर्नुभएको छ । यस्तो गतिविधिले मस्कोको आक्रमणबाट भएको विनाशको विद्रुपरूपको उजागर गरेको उहाँको टिप्पणी छ ।

‘काखोभका बाँधको विनाशले आज हजारौं नागरिकलाई जोखिममा पारेको छ र गम्भीर वातावरणीय क्षति पुराएको छ । यो एक अपमानजनक कार्य हो, यसले युक्रेनमा रुसको युद्धको क्रुरतालाई फेरि एकपटक छताछुल्ल पारेको छ’, स्टोलटेनबर्गले ट्वीटरमा उल्लेख गर्नुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?