काठमाडौं । नेपाल टेलिकमले २४सै घण्टा विभिन्न प्रकारका फ्रि टु एयर टेलिभिजन च्यानल निःशुल्क हेर्न सकिने सुविधा भएको ‘एनटिटिभी’ एपको परीक्षण सुरु गरेको छ । एप जेठ २४ गतेदेखि परीक्षणका रूपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
उक्त एपमार्फत् एन्ड्रोइड र आइओएसका मोबाइलमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानललगायत अन्य विभिन्न टेलिभिजन च्यानलबाट प्रत्यक्ष हेर्न सकिनेछ ।
एपमा आफ्नो मोबाइल नम्बर र ओटिपी कोड राखेपछि आफूलाई मन परेको च्यानल जुनसुकै डाटा प्याक तथा वाइफाइमार्फत् सहजै हेर्न सकिनेछ भने एपमा भएका च्यानल हेरेबापत छुट्टै शुल्क तिर्नुनपर्ने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच