अनिता सारजाह प्रस्थान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन युएईको सारजाह प्रस्थान गर्नुभएको छ । सेमिनार जुन ११ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ ।

पूर्वराष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कास्य र टिममा स्वर्ण जित्नुभएको छ । अनिताले १३औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

प्रयोगात्मक र लिखित परीक्षामा ८० प्रतिशत ल्याएमा अनिता नेपालकै पहिलो र एकमात्र कन्टिनेन्टल आर्चरी जज बन्ने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले जनाउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंक लाल घिसिङले अनितालाई सफलताका लागि शुभकामना दिँदै बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?