विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने : कांग्रेस

Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गर्नुभएको छ ।
तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?