सय किलो सुन प्रकरण : अनुसन्धानको सम्पूर्ण जिम्मा अब नेपाल प्रहरीलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं ।राजश्व अनुसन्धान विभागलले सय किलाे सुन प्रकरणको अनुसन्धानको सम्पूर्ण जिम्मा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सम्पूर्ण पकाउ परेका व्यक्ति, सामान र अन्य सामाग्री प्रहरीलाई हस्तान्तरण गर्न लागेको हो । अन्य कानून पनि आकार्षित हुने र टुग्गोमा पुऱ्याउन प्रहरीलाई दिन लागिएको उहाँले बताउनु भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर आएको करिब सय किलो सुन बरामद भएको दुई साता बढी भयो । करिब सय किलो भनिएको बरामद सुनको तौलसमेत अहिलेसम्म यकिन भएको छैन । सदनदेखि सडकसम्म तताएको तस्करीको सुन करिब दुई सातादेखि नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ ।

एक क्विन्टल सुन प्रकरणमा विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित डेढ दर्जन व्यक्ति पक्राउ परेका छन् । तर, तस्करी प्रकरणसँग कनेक्सन देखिएका उच्च तहका व्यक्ति पक्राउ परेका छैनन् ।

सय किलो सुन बरामद भएको सातापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक परिवर्तन गरिएको थियो । अर्थ मन्त्रालयले भन्सारको प्रमुख प्रशासकमा सहसचिव टोकराज पाण्डेलाई पठाएको छ । भन्सारका प्रमुख प्रशासक अरुण पोखरेल सुन बरामद हुनुभन्दा दुई साताअघि नै बिदामा बस्नुभएको थियो ।

सुन तस्करीमा बेला ड्युटीमा रहेका कर्मचारीलाई निलम्बन गरिएको छ ।

२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म  अहिलेसम्म १८ जना पक्राउ परेका छन् । जसमा ३ जना विदेशी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?