काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले कान्तिपुरलाई ३१-१३ ले पराजित गर्यो । एक्सेल्सियरको जितमा राजीव थापाले नौ अंकको योगदान गर्नुभयो । आयुश रावलको २० अंकको सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०-४१ ले हरायो ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०-१४, रेडिअन्टले सिर्जना ज्ञान सागरलाई २२-१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९-१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३-११ र इडेन ब्रिज एकेडेमी (इबिए) ले साई निलायमलाई २४–८ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साई निलायमले इबिएलाई २२–१२ ले पन्छ्याउँदै क्वाटरफाइनलमा स्थान बनायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच