युक्रेनी राष्ट्रपति र संयुक्त राष्ट्रसंघीय महासचिवबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 2 mins

किभ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्की र संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसबीच भेटवार्ता भएको छ । उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको बताइएको छ । यसक्रममा उहाँहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । महासचिव गुटरेस हाल युक्रेनमा हुनुहुन्छ ।

यसक्रममा उहाँले युक्रेनी राष्ट्रपतिसँग बिहीबार भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा पछिल्लो समयमा युक्रेनी सहर मारिउपुलबाट यहाँका नागरिकको उद्धार गर्ने बारेमा कुराकानी भएको थियो । रुसले आक्रमण गरेका कारण युक्रेनको अवस्था अहिले कमजोर भएको बताइएको छ । हाल रुसले राजधानी किभमा आक्रमण रोके पनि मारिउपुल लगायतका कतिपय सहरमा भने आक्रमण जारी राखेको छ ।

मारिउपुलका नागरिकको उद्धार गरी यहाँ मानवीय सहायता उपलब्ध गराउनुपर्ने अवस्था रहेको र यस कार्यमा संयुक्त राष्ट्रसंघीय महासचिवको संलग्नताले आफूहरुलाई निकै सजिलो बनाउने अनुभव युक्रेनी राष्ट्रपतिले सुनाउनुभएको थियो ।
एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?