भरतपुरमा स्वतन्त्र उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

Read Time = 1 min

पोखरा । नेपाली कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिनुभएन ।

उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उहाँले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताउनु भयो ।

पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिनुभएको थियो । उहाँलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आउनु भएको थियो। तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किनु भएको छ । ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?