उडान बन्द गर्ने धङ्धङ्गी धम्की नपाल्दा हुन्छ : महानिर्देशक अधिकारी

Read Time = 6 mins

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताउनु भएको छ ।

मंगलवार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताउनु भएको हो ।

उहाँले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताउनु भयो ।

महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छ कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराउनु भयो ।

उहाँले वायुसेवा सञ्चालक आफूहरुले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नगर्न आग्रह गर्नुभयो । प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले बिरोध नगरेको उहाँले बताउनु भयो ।

महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ मलाई लाग्दैन व्यवसायी साथीहरुले उडान बन्द गर्नुहुन्छ । उहाँहरु अत्यन्तै जिम्मेवार हुनुहुन्छ । उहाँहरु जिम्मेवारी पूर्वका प्रश्तुत हुनुहुनेछ । यो अतिआवश्यक सेवा हो । हड्ताल कहाँकहाँ गर्न पाइन्छ । कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ । गर्नुहुन्न भन्नेमा म विश्वस्त छु । तर सबै कुरा आफूले गर्न पाइँन भने म बन्द गरिदिन्छु भन्ने धङ्धङ्गी धम्की नपाल्दा हुन्छ । काठमाडौंबाट २०५७ सालमा विराटनगर गएको भाडा २५ सय रुपैयाँ थियो । आज १० हजार रहेको छ । प्राधिकरणले ०५७ सालमा २ सय रुपैयाँ लिएको थियो । अहिले ३ सय रुपैयाँ लिन्छ । क्षमता बढी भयो । वायु कम्पनीले २५ सय बाट १० हजार पु-याउँदा कोही बोलेको छैन । जहाज चढ्ने भनेको पैसा भएका मान्छे चढ्ने रहेछन् । कसैले बिरोध गरेको छैन । गाडी भाडा बढ्द आन्दोलन हुन्छ ।’

महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताउनु भयो । उहाँले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गर्नुभयो । अधिकारीले विमानस्थल स्ट्याण्र्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताउनु भयो । उहाँले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङ भन्दा पनि नीतिमा सहमति गर्न आग्रह गर्नुभयो । उहाँले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । अधिकारीले कम्पनीहरुले लाइलटहरु थपेर सेवालाई सुरक्षित बनाएमात्रै मुलुकको आर्थिक विकास रोजगारी सिर्जना हुने बताउनु भयो ।

महानिर्देशक अधिकारीले त्रिभूवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताउनु भयो । उहाँले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटासमेत विमान राखिने गरेको बताउनु भयो । पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उहाँको भनाई छ । अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पार्नुभयो । उहाँले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताउनु भयो ।

महानिर्देशक अधिकारीले प्राधिकरणको निर्णय कुनै एउटा कम्पनी वा व्यक्ति विशेष नभएर समग्रलाई भएको बताउनु भयो । उहाँले यो निर्णयले वायुसेवा व्यवसाय नै धरासाय हुने भयो भने प्राधिकरण सहयोग गर्न तयार रहेको बताउनु भयो । अधिकारीले विमान कम्पनीहरुले प्राधिकरणको निर्णयमा कोशिस गर्नुपर्ने बताउनु भयो ।

महानिर्देशक अधिकारीले नेपालको हवाई सेवा निजी र सरकार दुवैको महत्वपूर्ण योगदानको कारण अहिले यो स्थानमा रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?