बस दुर्घटनामा ३४ जना घाइते

हिमालय टाइम्स
Read Time = 4 mins

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् । उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो । दुर्घटनामा परी जिल्ला उदयपुर कटारी नगरपालिका-३ का ३१ वर्षीय सुभास परियार, सहचालक जिल्ला ओखलढुङ्गा सुनकोसी गाउँपालिका-७ का अशोक कार्की, उदयपुर कटारी नगरपालिका-४ का २३ वर्षीय युवराज परियार, तनहुँको भानु नगरपालिका-१ का ३१ वर्षीय विक्रम विक, ३० वर्षीया शोभा विश्वकर्मा, चार वर्षीया सहारा सेन्चुरी विक, गोरखाको गोरखा नगरपालिका-३ का ३० वर्षीय कृष्ण परियार र उदयपुर कटारी नगरपालिका-१४ का २९ वर्षीया पार्वती रावत घाइते भएका छन् ।

यस्तै सिन्धुली दुधौली नगरपालिका-१२ का ३३ वर्षीय विष्णु परियार, कास्कीको पोखरा महानगरपालिका-१६ का सात वर्षीय अविनम आले मगर, ३० वर्षीया विमला श्रेष्ठ, १० वर्षीय अङ्कित श्रेष्ठ र १५ वर्षीय आकाश श्रेष्ठ घाइते भएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ का ३७ वर्षीय सुजन अधिकारी, भानु नगरपालिका-२ का २३ वर्षीया सुमित्रा अधिकारी, कास्कीको पोखरा महानगरपालिका-१४ वर्षीया चिजमाया खत्री, धनुषाका २० वर्षीया सुजिता शेर्पा, २२ वर्षीय दिनेश दाहाल, ६० वर्षीया मनमाया तामाङ, उदयपुरको कटहरी नगरपालिका-९ का ३५ वर्षीय विनोद गिरी, कास्कीको पोखरा महानगरपालिका-३१ का ३४ वर्षीया बुद्धिमाया अधिकारी र गोरखाको पालुङटार नगरपालिका-७ का ४० वर्षीय शिव कुमाल घाइते भएका छन् ।

प्रहरीका अनुसार उदयपुर कटारी नगरपालिका-४ का १४ वर्षीय दीपसन राउत, कास्कीको पोखरा महानगरपालिका-१९ का १० वर्षीय कृष्ण शाह, १९ वर्षीय नेहा शाह, उदयपुर कटारी नगरपालिका-५ का २८ वर्षीया तुलसीमाया मगर, पोखरा महानगरपालिका-१४ का ४० वर्षीया विन्दु सुनुवार, चितवन भरतपुर महानगरपालिका-१० का १७ वर्षीय सुजन तिवारी, सर्लाही बागमती नगरपालिका-१ का १७ वर्षीय अमृत राना मगर, गुल्मीको धुर्कोट गाउँपालिका-३ का २४ वर्षीया निर्मला नेपाली, इटहरी नगरपालिका-२ का ७१ वर्षीया मनकुमारी कटवाल, तनहुँको भानु नगरपालिका-६ का २५ वर्षीया सुजता अधिकारी, धनुषाको गोदार नगरपालिका-७ का १५ वर्षीया अनिष थापा र पोखरा महानगरपालिका-१४ का १८ वर्षीया सरला सुनार घाइते भएका छन् । घाइतेमध्ये केही उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?