काठमाडौं । ‘मिसेस् वर्ल्ड २०२२’ सरगम कौशल काठमाडौं आनुभएको छ । उहाँ यही कात्तिक २२ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘मिसेस् नेपाल २०२३’को फाइनलमा सहभागी हुन आफ्नी आमासहित काठमाडौं आउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई मिसेस् नेपालको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका निशुकान्त झा र अफिसियल कोरियोग्राफर अश्विनीकान्त झासहित मिसेस् नेपाल वर्ल्ड २०२२ विजेता दीक्षा केसीले स्वागत गर्नुभएको थियो ।
विमानस्थलमा आयोजित पत्रकारहरू सम्मेलनमा कौशलले आफू पहिलो पटक नेपाल आएको बताउनुभयो । ‘सगरमाथाको देशमा मलाई निम्त्याएकोमा नेपालको आयोजकलाई धन्यवाद छ । पहिलो पटक नेपाल आएकी हुँ । मलाई नेपाल र भारत सहोदर दिदीबहिनी जस्तो लाग्छ । यही मौकामा धार्मिक हिसाबले पनि पुण्यभूमि नेपालको पशुपतिनाथ मन्दिरको दर्शन पनि गर्नेछु’, उहाँले भन्नुभयो ।
मिसेस् वल्र्ड विश्वभरमा विवाहित महिलाहरूको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो । सन् १९८४ देखि सुरु भएको मिसेस् वल्र्डको नेपालको प्रतियोगिता सन् २०१५ देखि रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको छ ।
२०२३ संस्करणको प्रतिस्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मीना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुवेदी, सुष्मिता सिंह, निशा विष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुकता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेककुमारी घले, मंगली सिलवाल र सरु आरएल राणा सहभागी छन् ।
विजेताले आगामी २०२४ को जनवरीमा अमेरिकाको लसभेगासमा हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् भने मिसेस् इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२४ मा सिङ्गापुरमा हुने मिसेस् इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच