अचाक्ली मूल्यवृद्धि, मलअभाव लगायतका मुद्दामा एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दा उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यबृद्धि, रासायनिक मलको अभाव र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।

जनताको दैनिक समस्या विकारल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय भएको बताइएको छ । संयन्त्रका सहसंयोजक रचना खड्काका अनुसार बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको बिरोधमा संयुक्त बिज्ञप्ति निकाल्ने र लगत्तै सडक आन्दोलन तताउने निर्णय गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?