काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान प्रतिनिधिमण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । झण्डै एक हजार आठ सय मेगावाटका एक सय ६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरेको इप्पान सदस्य संस्थालाई कार्बन ट्रेडबापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित इप्पान प्रतिनिधिमण्डल युएईतर्फ प्रस्थान गरेको हो ।
इप्पानका विज्ञ सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप २८ मा भाग लिन सोमबार युएई प्रस्थान गर्नुभएको इप्पानले जनाएको छ । कोप २८ मा भाग लिने टोलीको बिदाइ गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धिमूलक बनाउन आग्रह गर्नुभयो । इप्पान सल्लाहकार भण्डारीले युएईमा जापान, अमेरिकालगायतका विकसित मुलुकका प्रतिनिधिसँग साइड लाइन वार्ता गरेर नेपालमा जलवायुसम्बन्धी फण्ड भित्र्याउन पहल गर्ने बताउनुभएको छ । नेसनल हाइड्रोपावरले कार्बन विसर्जनको अध्ययन गरेको उल्लेख गर्दै उहाँले नेपालमा सञ्चालनमा आएका सबै जलविद्युत् आयोजनाले सो बारेमा अध्ययन गर्ने हो भने प्रवद्र्धकले कार्बन विसर्जन गरेबापत ठूलो रकम पाउने बताउनुभयो । इप्पान सदस्य मिथुन पौडेलले ऊर्जा उत्पादको छाता संस्था इप्पानबाट चार सय ५० बढी हाइड्रोपावारको प्रतिनिधित्व गरेर जलवायु सम्मेलनमा सहभागी हुन लागेको भन्दै इप्पानका लागि जलवायुसम्बन्धी च्यारिटी फण्ड ल्याउन पहल गर्ने बताउनुभयो ।
इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन विसर्जनको दुर्ई तिहाइ हिस्सा निजी क्षेत्रको भए पनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अब निजी क्षेत्रले पनि लाभ पाउने गरी कोप २८ मा इप्पानका एजेण्डा प्रस्तुत गर्न आग्रह गर्नुभयो । युएई प्रस्थान गरेको टोली बिहीबार नेपाल फिर्ता हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच