बिजनेस समिटको बैंकिङ साझेदार कामना बैंक

Read Time = 2 mins

काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारमा कामना विकास बैंक रहने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा वैशाख २४ गते हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रूपमा कामना सेवा विकास बैंक रहने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गर्नुभएको छ । वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेसन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?