दम रोग के हो र यसको निदान कसरी गर्ने ?

Read Time = 6 mins

काठमाडौं । दम रोगको नाम सुन्ने बित्तिकै सामान्यत: हामीलाई डर र चिन्ताले सताउने गर्छ । तरऽ वास्तवमा यसमा चिन्ता लिनु पर्ने केही पनि छैन । सरल शब्दमा भन्दा, दम रोग सास फेर्न समस्या हो । यस रोगमा फोक्सोमा भएका श्वास नलीहरु प्रभावित हुन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल ३० करोड मानिस दमबाट प्रभावित छन् । बालबालिकामा बढीजसो हुने जीर्णरोग दम नै हो । निम्न आय भएको मुलुकमा दमबाट धेरैको मृत्यु भइरहेकाे भएपनि विश्वका सबै देशका मानिस यस समस्याबाट प्रताडित छन् ।

दममा, जब श्वास प्रश्वासको वायुमार्ग केही निश्चित उत्तेजक पदार्थसँग प्रतिक्रिया गर्दछ र फुलेर साँघुरो बन्छ अनि श्वास फेर्न गाह्र्रो हुन्छ । यसले गर्दा वायुमार्गको भित्री भागबाट अधिक मात्रामा खकार निस्किन्छ जसले गर्दा वायुमार्ग अझै साँघुरो हुन्छ । यी सबै कुरा डरलाग्दाेगरी सुन्निछन् तर याे आत्तिनु पर्ने अवस्था हाेइन ।

दमरोगमा श्वासनली वा यससँग जोडिएको खण्ड सुन्निन्छ । यस कारणले फोक्सोमा हावा आवत्जावत गर्न सकस हुन्छ । त्यसो त यी एलर्जेन तथा ट्रिगर यसविरुद्ध संवेदनशील व्यक्तिमा प्रतिरक्षा प्रणाली बनिरहेको हुन्छ । पछि फेरि यस्तै कारक तत्ववको सम्पर्कमा आउनेबित्तिकै श्वासनलीमा सुजन गराई तुरुन्तै सास फेर्न समस्या गराइहाल्छ । त्यसो भएर कतिपय मानिसलाई दमको समस्या भए पनि सुषुप्त अवस्थामा हुन्छ अर्थात् सुरुमा कुनै लक्षण चिन्ह देखा परिनसकेको हुन सक्छ । एलर्जीको कारण दम हुने व्यक्तिमा छिट्टै रुघा लाग्ने प्रवृत्ति हुन्छ । मौसममा परिवर्तनसँगै यस्तो समस्या बढोत्तरी हुन्छ ।

दम र खोकीमा फरक

दम र खोकी फरक कुरा हुन् । दमको एउटा लक्षण खोकी भए पनि सबै खोकी दम होइनन् । तर कसैलाई लामो समयदेखि खोकी लाग्ने समस्या छ भने अथवा औषधि खाइसकेपछि पनि खोकी कम भएन भने दम हो कि भनेर शंका गर्नुपर्ने हुन्छ । त्यसो त खोकी फोक्सो तथा श्वासनलीमा रहेको हानिकारक कण फ्याँक्ने शरीरको प्रतिरक्षा प्रणालीअन्तगर्तको कार्य हो । धुलो, कसिंगर, कीटाणु, विषाक्त खानाका कारण पनि खोकी लाग्दछ भने भाइरल संक्रमणका कारण पनि घाँटीको खसखसाएर खोकी लाग्छ । तर जटिल खालको फोक्सोको संक्रमणमा उत्पादन हुने खकार तथा स्रावलाई शरीर बाहिर निकाल्न पनि खोकी लाग्दछ । त्यसैले लामो समयको खोकीले फोक्सो तथा श्वासनलीको समस्याको संकेत गर्दछ ।

प्रत्येक व्यक्तिको दम अर्को व्यक्तिभन्दा फरक हुन्छ । तपाइँले सम्झिनु पर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि तपाइँ जस्तै थुप्रै व्यक्तिहरु छन् जसले सफलतापूर्वक दमको व्यवस्थापन गर्दैछन् । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभरि करिब ३०० करोड व्यक्तिहरुलाई दम छ । त्यसैले, यो एक साधारण अवस्था हो र तपाईंले पक्कै पनि यसमा एक्लो हुनुहुन्न ।
आधुनिक औषधीले यस रोगका लक्षणहरुलाई सम्पूर्ण रुपमा नियन्त्रण गर्न सम्भव बनाएको छ ताकि तपाईंले लगभग बिर्सन सक्नुहुन्छ कि तपाइँलाई दम छ ।

यसैले, साधारण र सक्रिय जीवन जीउन आफुलाई रोक्नु पर्ने कुनै आवश्यकता छैन । यहाँ फिल्म उद्योग, व्यापारीक संसार र खेलकुदको क्षेत्रमा पनि थुप्रै प्रमुख व्यक्तित्वहरु छन् जसलाई दम छ तर पनि यसले उनीहरूलाई एउटा सन्तुष्ट र सफल जीवन बाँच्न रोकेको छैन ।

दम को निदान कसरी गरिन्छ ?

- दम भएको हो कि भन्ने शंका भएमा तुरुन्त डाक्टर को परामर्श लिइहाल्नु पर्छ । डाक्टर ले दम हो कि होइन भन्ने पत्ता लगाउन निम्न परीक्षणहरु गर्ने छन्

-ठाउँ हेरेर क्लिनिकल जाँचबाट र केवल लक्षण को आधार मा रोग को निदान गर्नुपर्ने हुन्छ । तेस्तो अवस्था मा ल्याब टेस्टमा कुनै गडबडी नदेखिने पनि हुन सक्छ ।
–संभव छ भने ‘पल्मोनरी फङ्सन टेस्ट’ पीएफटी (Spirometry Test)  गरेर यो रोगको निदान गर्न सकिन्छ । विशेषतः पीएफटी गर्दाको औषधि ले श्वास को प्रवाह मा सुधार भएको देखिएमा दम रोग को निदान गर्न सजिलो हुन्छ ।
– रगत मा ‘इओसिनोफिल’ बढेको देखिएमा दमको सम्भावना रहन्छ ।
– कहिलेकाहीं छाती को एक्स(रे तथा सिटी स्क्यान पनि गर्नु पर्ने हुन सक्छ । जसमा केही गम्भीर किसिम का परिवर्तनहरु देखिन सक्छन् ।

-विभिन्न पत्रपत्रिकाबाट

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?