काठमाडौं । रियलमीको रियलमी सी ५३, छ प्लस एक सय २८ जिबी भेरियन्ट नेपाली बजारमा आएको छ । ग्राहकलाई नयाँ-नयाँ प्रविधि प्रदान गर्ने कम्पनीको प्रतिबद्धताअनुरूप सी ५३ ल्याइएको कम्पनीले जनाएको छ । उत्कृष्ट क्यामेरा, स्लिक डिजाइन र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय रियलमी सी ५३ को सफलताका आधारमा नयाँ भेरियन्टले उपभोक्ताका लागि अझ बढी इमर्सिभ अनुभव दिने विश्वास कम्पनीले लिएको छ ।
एक सय आठ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरासहितको रियलमी सी ५३ ले ग्राहकलाई फोटोग्राफीका डाइमेन्सनहरू एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा रहेको अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्ने बताइएको छ ।
७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनसाथ रियलमी सी ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्ने कम्पनीको दाबी छ । रियलमी सी ५३ मा १२ जिबीसम्मको डायनामिक ¥यामका साथ सिमलेस मल्टिटास्किङ र एप हृयाण्डलिङ गर्न सहज हुन्छ । यसको मूल्य १८ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच