लण्डन । म्यानचेस्टर सिटीले पहिलोपटक क्लब विश्वकप जितेको छ । साउदी अरेबियाको किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा शुक्रबार भएको फाइनलमा ब्राजिलको फ्लुमिनेन्सलाई चार-शून्यले हराउँदै सिटीले विश्वकप जितेको हो । प्रिमियर लिग टोलीलाई उपाधि दिलाउनका लागि जुलियन अल्वारेजले दुई र फिल फोडेनले एक गोल गर्नुभयो । अर्को गोल टोलीले उपहारमा पायो ।
अल्वारेजले खेल सुरु भएको ४० सेकेण्डमा गोल गरेर सिटीलाई अग्रता दिलाउनुभएको थियो । सुरुवातबाटै हावी भएको सिटीले २७औँ मिनेटमा अग्रता दोब्बर बनायो । निनोको आत्मघाती गोल सिटीका लागि उपहार बन्यो ।
७२औँ मिनेटमा सिटीका लागि फोडेनले गोल गर्नुभयो । अल्वारेजको पासमा फोडेनले गोल गर्नुभएको हो । अल्वारेजले ८८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले जित हात पार्यो । ११ वर्षमा युरोपेली क्लबले मात्रै क्लब विश्वकप जितेका छन् ।
सिटी भने एकै वर्षमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बनेको छ । प्रिमियर लिग, एफए कप र युरोपियन च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको पेप ग्वार्डिओलाको सिटीले सुपर कप पनि हासिल गरेको थियो । यस्तै अर्को खेलमा उराव रेड्सलाई चार–दुईले हराउँदै इजिप्टको अल आलीले क्लब विश्वकपमा तेस्रो स्थान हासिल गर्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच