
चितवन । चितवनको सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा सात वटा हात्ती सहभागी भएका छन् । चितवनको सौराहामा मंगलवारबाट शुरु भएको १७औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन बुधवार हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत सात सुन्दरी हात्तीहरूको प्रतिष्पर्धा भएको हो ।
हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकलि, लक्ष्मीकलि, बिजुलीकलि, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । निर्णायक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ । प्रतियोगिताको निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाई, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताउनु भयो । उहाँले नङ फुटे/नफुटेको, हिँडाइ लगायतका बारेमा मूल्यांकन गर्ने बताउनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र पाँच हजार रुपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई एक हजार रुपैयाँले पुरस्कृत गर्ने बताउनुभयो । उहाँले मानिसमा मात्रै सुन्दरता नहुने र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रुपमा अघि बढाएको बताउनु भयो । उहाँले कोरोना भन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएको र अहिले ३० वटा हात्ती मात्रै रहेको बताउनुभयो । कोरोनाका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्तीहरू भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच