
काठमाडौं । हेम्स, इनोभेटिभ इङ्लिस स्कुल र काठमाडौं जेभियर्सले १२औँ प्याब्सन मध्यक्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । हेम्स सिनियर ब्वाइज, इनोभेटिभ सिनियर गल्र्स र काठमाडौं जेभियर्स जुनियर ब्वाइजमा च्याम्पियन बने ।
प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा हेम्सले काठमाडौं जेभियर्सलाई ४६-३७ ले पराजित गर्यो । हेम्सका हेमन्त राजवंशीले २६ अंक जोड्नुभयो । सनसाइन तेस्रो भयो । सिनियर गल्र्सको उपाधि भिडन्तमा इनोभेटिभले एसियन पब्लिकलाई १२-११ को साँघुरो अन्तरले हरायो । इनोभेटिभकी रिद्धि घर्ती मगरले ६ स्कोर गर्नुभयो । सिर्जनशील तेस्रो स्थानमा रहृयो ।
जुनियर ब्वाइजको फाइनलमा काठमाडौं जेभियर्सले सनसाइनमाथि ३९-१४ को सहज जित दर्ता गर्यो । काठमाडौं जेभियर्सका अनमोल कुसुवारले १७ अंक बटुल्नुभयो । चैतन्य संस्कार तेस्रो बन्यो ।
फाइनलका सर्वाधिक स्कोरकर्तात्रय हेमन्त, रिद्धि र अनमोल आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा काठमाडौं जेभियर्सका दिनेश गौतम, सिनियर गल्र्समा एसियनकी आकृति माझी र जुनियर ब्वाइजमा चैतन्यका एलिस तामाङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्षस्थानमा रहनुभयो ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्य, प्याब्सन मध्यक्षेत्रीय समिति, काठमाडौंका अध्यक्ष दिनेश पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । पुस ६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्समा समान १६-१६ तथा जुनियर ब्वाइजमा १८ गरी ५० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच