पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले डुम्रे-बेंसीशहर सडकखण्ड अन्तर्गत उदिपुरखण्ड अवरुद्ध भएको छ ।

डुम्रे-बेंसीशहर सडक खण्डअन्तर्गत बेँसीशहर नगरपालिका-१ उदिपुर नजिकै देउराली डाडाको पहिरोले सडक अवरुद्ध भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष र केही दिनअघि गएको पहिरोले अवरुद्ध सडकका कारण वैकल्पिक रूपमा आर्मी ब्यारेक, रिट्ठेबगर हुँदै उदिपुर जोडिने सडकमा पहिरोले ढुङ्गा माटोसहित अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन ठप्प भएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौँ, पोखरा, चितवनतर्फ जाने र बेंसीशहरतर्फ आउने सवारी साधन चल्न सकेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?