
काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’मा रेयर राईसँग नीति शाह शीर्ष भूमिकामा देखिनुहुने भएको छ । सोमबार चलचित्रको अफिसियल घोषणा गरिएको हो । कमेडी जनरामा बन्ने चलचित्रलाई सुरज सुनुवारले निर्देशन गर्दै हुनुहुन्छ ।
चलचित्रका लेखकसमेत रहनुभएका निर्देशक सुनुवारले ‘खजुरे ब्रो’ धरानका चर्चित व्यक्ति ‘खजुरे ब्रो’को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको जानकारी गराउनुभयो ।
चलचित्रमा रेयर र नीतिसँगै महेश त्रिपाठी, नवीन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्कीलगायत कलाकारको अभिनय रहनेछ । आफ्नो डेब्यु चलचित्र ‘खजुरे ब्रो’को कथा र टिम मन परेकाले काम गर्न लागेको नीति शाहले बताउनुभयो ।
नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुनुहुन्छ । चलचित्र इटहरी, धरान, दार्जिलिङ र काठमाडौंमा छायांकन गरिने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच