काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ उपचारका लागि दुई खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ । पूर्व टेबलटेनिस खेलाडी सन्ध्या शाक्य तथा पूर्व उसु खेलाडी मोहन पाण्डेलाई समान एक-एक लाख रुपैयाँ सहयोगस्वरूप प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कोषका सदस्य-सचिव दीपक श्रेष्ठले जनाउनुभएको छ ।
कोषका अध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । पाण्डेको सहयोग रकम भने उसुका मुख्य प्रशिक्षक फत्तबहादुर लामामार्फत् हस्तान्तरण गर्ने गरी लामालाई प्रदान गरिएको थियो । सन्ध्याले क्यान्सर तथा पाण्डेले कलेजो र किड्नीको उपचार गराइरहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच