काठमाडौं। अफ्रिकन कप अफ नेसन्सको उपाधि आइभरी कोष्टले जितेको छ ।गएराती सम्पन्न फाइनल खेलमा नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको हो ।
आइभरी कोष्टको जितमा फ्रयांक केस्सीए र सेबासटीएन हल्लेरले एक एक गोल गरेका थिए । त्यस्तै नाइजेरियाका लागि विलियम ट्रोस्ट एकोंगले एक गोल गरेका थिए ।
खेलको पहिलो हाफमा १–० गोलले पछि परेको आइभरी कोष्टले दोस्रो हाफमा दुई गोल गरेको थियो । कोष्टका लागि निर्णायक गोल गर्ने हल्लेर १९ महिना अघि क्यान्सर भएर क्यान्सरलाई जितेर मैदानमा फर्किएका थिए । उनकै निर्णायक गोलमा आइभरी कोष्ट अफ्रिकाको च्याम्पियन बनेको छ ।
टोसँगै आइभरी कोष्ट तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच