देउवा कांग्रेसको नभएर गठबन्धनको सभापति भएको कोइराला पक्षको आरोप

Read Time = 2 mins

काठमाडौं । नेपाली काँग्रेस नेता डा. शेखर कोईराला पक्षीय भेलाले नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभई गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।

बिहीबार सुरु भएर शुक्रबार सकिएको कोईराला पक्षीय बैठकबारे जानकारी गराउँदै नेपाली काँग्रेस कोईराला पक्षीय नेता एवं पार्टी केन्द्रिय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले नेपाली काँग्रेसका नेता र कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो ।

बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आगामी कार्यदिशा, आगामी निर्वाचन र परराष्ट्रनीतिका बारेमा सरकारले बनाइरहेको धारणा लगायतका विषयमाथि छलफल भएको केन्द्रिय सदस्य पोखरेलले बताउनु भयो ।

उहाँले सरकारले आफूले गरेका वाचा अनुसार जनतालाई राहत दिन नसकेको, सुशासन सम्बन्धी गरेका राजनीतिक प्रतिवद्धता पूरा गर्न नसकेको पनि बताउनु भयो ।

उहाँले राजश्व अनुसन्धान, सम्पती शुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने प्रतिवद्धताको प्रधानमन्त्रीले अवज्ञा गर्नुभएको, बजेट बनाउनेदेखि चरमरुपमा आर्थिक सुशासनको खिल्ली उडाइएको पनि निस्कर्ष निकालेको छ । उहाँले सरकारले व्यापकरुपमा नीतिगत भ्रष्टाचार गरेको बताउनु भयो ।

केन्द्रिय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा काँग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुरुप चल्ने कुरामा पन िजोड दिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?